हिल्साको तापक्रम माइनस १५ डिग्री सेल्सियस, नदीमा जम्यो बरफ « Khabarhub

हिल्साको तापक्रम माइनस १५ डिग्री सेल्सियस, नदीमा जम्यो बरफ


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ ।

चिसो अत्याधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए ।

उनका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ ।

नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए ।

सो ठाउँका घरहरु कर्णाली नदी नजिकै रहेकाले पनि हावाको वेगले बसिनसक्नु भएको उनको भनाइ थियो । नारा लेकका हिमालहरुले हिल्सा बजार एउटा कोप्चो जस्तै परेकाले समयमै घामसमेत नलाग्ने गरेको हो । त्यसैले उक्त क्षेत्रमा नियमित घाम नलाग्ने र बिहानैबाट हावा चल्ने गर्दछ ।

अत्याधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ । उनले भने, ‘पानी तताएर हालेपछि मात्र धाराको पानी आउँछ, चिसोका कारण हातमुख धुन पनि कठिन भएको छ, अत्याधिक चिसोले बिहान ११ नबज्दासम्म बाहिर निस्कन सकिँदैन ।’

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ७ : ०५ बजे

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो