भारतीय प्रधानमन्त्री मोदीद्वारा श्रीलंका विष्फोटको भर्त्सना « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीद्वारा श्रीलंका विष्फोटको भर्त्सना


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकामा भएको बम विष्फोटको निन्दा गरेका छन् । उनले ट्वीट गर्दै त्यहाँ भएको भयानक बम विष्फोटको घोर निन्दा गरेका  छन् ।

उनले आफ्नो ट्वीटमा यस्ता ‘घृणित कार्य’ लाई ‘हाम्रो क्षेत्र’ मा कुनै ठाउँ नरहेको समेत जनाएका छन् ।

उनले ट्वीटमा भारत यस समयमा भारत श्रीलंकाको साथमा रहेको समेत उल्लेख गरेका छन् । त्यस्तै प्रधानमन्त्री मोदीले विष्फोटनको घटनाका घाइतेप्रति समवेदनमा समेत प्रकट गरेका छन् ।

श्रीलंकामा भएका श्रृङ्खलाबद्ध ८ विष्फोटमा करिब १ सय ६० जनाको ज्यान गएको छ भने अरु ४ सय भन्दा धेरै घाइते भएका छन् ।

त्यस्तै, क्याथोलिक चर्चका पोप फ्रान्सिसले पनि श्रीलंकामा भएका बम विष्फोटको निन्दा गरेका छन् । उनले विष्फोटनको घटनालाई ‘क्रुर हिंसा’ को संज्ञा दिँदै आफू र भ्याटिकन श्रीलंकका इसाईहरुको साथमा रहेको समेत जनाएका छन् ।

मोदी र पोपबाहेक श्रीलंकामा भएको विष्फोटको पाकिस्तानी प्रधानमन्त्री इमरान खान, बेलायती प्रधानमन्त्री टेरिजा मे, जर्मन चान्सलर एङ्गेला मर्केल, टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगान तथा श्रीलंकाका लागि अमेरिकी राजदूतले समेत निन्दा गर्दै सन्देश जारी गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ५ : ४८ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती