भारतीय प्रधानमन्त्री मोदीद्वारा श्रीलंका विष्फोटको भर्त्सना « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीद्वारा श्रीलंका विष्फोटको भर्त्सना


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकामा भएको बम विष्फोटको निन्दा गरेका छन् । उनले ट्वीट गर्दै त्यहाँ भएको भयानक बम विष्फोटको घोर निन्दा गरेका  छन् ।

उनले आफ्नो ट्वीटमा यस्ता ‘घृणित कार्य’ लाई ‘हाम्रो क्षेत्र’ मा कुनै ठाउँ नरहेको समेत जनाएका छन् ।

उनले ट्वीटमा भारत यस समयमा भारत श्रीलंकाको साथमा रहेको समेत उल्लेख गरेका छन् । त्यस्तै प्रधानमन्त्री मोदीले विष्फोटनको घटनाका घाइतेप्रति समवेदनमा समेत प्रकट गरेका छन् ।

श्रीलंकामा भएका श्रृङ्खलाबद्ध ८ विष्फोटमा करिब १ सय ६० जनाको ज्यान गएको छ भने अरु ४ सय भन्दा धेरै घाइते भएका छन् ।

त्यस्तै, क्याथोलिक चर्चका पोप फ्रान्सिसले पनि श्रीलंकामा भएका बम विष्फोटको निन्दा गरेका छन् । उनले विष्फोटनको घटनालाई ‘क्रुर हिंसा’ को संज्ञा दिँदै आफू र भ्याटिकन श्रीलंकका इसाईहरुको साथमा रहेको समेत जनाएका छन् ।

मोदी र पोपबाहेक श्रीलंकामा भएको विष्फोटको पाकिस्तानी प्रधानमन्त्री इमरान खान, बेलायती प्रधानमन्त्री टेरिजा मे, जर्मन चान्सलर एङ्गेला मर्केल, टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगान तथा श्रीलंकाका लागि अमेरिकी राजदूतले समेत निन्दा गर्दै सन्देश जारी गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ५ : ४८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह