८५ लाखको सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट २ विदेशी महिला पक्राउ « Khabarhub

८५ लाखको सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट २ विदेशी महिला पक्राउ


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ विदेशी महिला पक्राउ परेका छन् ।

थाइ एयरको फ्लाइट नम्बर टीजी५८५ बाट काठमाडौं उत्रिएका भियतनाम र कम्बोडियाको राहदानी बोकेका महिला १ किलो ६ सय ८३ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भियतनामको राहदानी बी४१६७३५४ वाहक भो थी मोइ र कम्बोडियाको राहदानी एन००८३६२९८ वाहक थिएभी यूआई छन् ।

शंकाको आधारमा पार्किङ एरियामा चेकजाँच गर्दा भियतनामी नागरिक भो थी मोइबाट ७ सय ४८ र कम्बोडियन नागरिक थिएभी यूआईबाट ९ सय ३५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

बजारमूल्य अनुसार दुवैजनाबाट ८५ लाख २७ हजार ७ सय ६१ रुपैयाँ बराबरको सुन बरामद भएको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ०३ बजे

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न