नेपाल–फ्रान्स सम्बन्ध नयाँ उचाइतर्फ « Khabarhub

नेपाल–फ्रान्स सम्बन्ध नयाँ उचाइतर्फ


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र फ्रान्सबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने अपेक्षासहित काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल र फ्रान्सबीच द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा सैनिक अफिसर्स क्लब भद्रकालीमा विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुबै मुलुक समुन्नत सभ्यता, सँस्कृति र परम्पराको केन्द्रका रुपमा रहेको बताए । उनले भने, ‘दुबै मुलुक हिमाली भू–वनोट र सँस्कृतिका कारण पनि विश्वभर परिचित छन् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले स्वतन्त्रता, समानता, शान्ति र सहअस्तित्वको मान्यता राख्दै दुबै मुलुकले राजनीतिक, आर्थिक विकासलाई टेवा दिँदै आएको बताए । उनले नेपाल र फ्रान्स भौगालिक रुपमा निकै टाढा रहे पनि दुई मुलुकको साझा चासो र समानता अन्य मुलुकको भन्दा पृथक रहेको तर्क गरे ।

कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदूत फ्रास्वाँ–जेभियर लेजरले नेपाल फ्रान्सेली पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा रहेको बताए । उनले भने ‘हरेक वर्ष ३२ हजार भन्दा धेरै फ्रान्सेली पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन् ।’

नेपाल र फ्रान्सबीच सन् १९८० को दशकबाट शुरु भएको हिमाली क्षेत्रको सहकार्यको स्मरण गर्दै राजदूत लेजरले नेपालमा सहयोगको परिचालन गर्ने क्षेत्रबारे पनि फ्रान्सले अध्ययन गरिरहेको जनाए ।

दुई मुलुकबीच जनस्तरको सम्पर्कलाई जोड दिनुपर्ने जनाउँदै राजदूत लेजरले सन् २०१९ मा फ्रान्स र नेपालबीच उच्चस्तरीय राजनीतिक भ्रमणको आदान–प्रदान हुने समेत जनाए ।

नेपाल र फ्रान्सबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको अवसरमा आयोजना हुने सबै समारोहको खबरहब डिजिटल मिडिया साझेदार हो । कार्यक्रमलाई विशेष बनाउन सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ९ : ३० बजे

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध