कतार एयरवेज र ओमान एयर बीच कोडशेयर सम्झौता « Khabarhub

कतार एयरवेज र ओमान एयर बीच कोडशेयर सम्झौता


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेजले आफ्नो विश्वव्यापी रणनीतिक साझेदारी विस्तार गर्ने क्रममा ओमान एयरसँग विस्तारित कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ ।

जसले दुवै एयरलाइन्सका ग्राहकहरूलाई अधिक यात्राका सुविधा एवं विकल्पहरू प्रदान गर्नेछ ।

यस विस्तारित कोडशेयर सम्झौता दुई एयरलाइन्स बीच सन् २००० मा सुरु भएको रणनीतिक सम्बन्धलाई थप सुदृढ पार्ने पहिलो चरणको कदम हो । थप गन्तव्यहरूको टिकट बिक्री २०२१ मा सुरु हुनेछ ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले खाडी क्षेत्रका अग्रणी एयरलाइन्स मध्ये एक ओमान एयरसँग कोडशेयर साझेदारी अझ विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।

उनले अगाडि भने, ‘हाम्रो कार्य प्रणाली सुदृढ गर्दै हाम्रो यात्रुहरुलाई विश्वमा सयौँ गन्तव्यहरुसँग जोड्ने सुविधा प्रदान गर्न उद्योग भर रणनीतिक साझेदारी मजबूत गर्न महत्वपूर्ण छ । हाम्रा यात्रीहरूलाई अतुलनीय सेवा र उनीहरूले इच्छा अनुसारको यात्रा गर्न अधिक सुविधा प्रदान गर्दै २००० देखि नै हामी दुबै एयरलाइन्सले व्यावसायिक सहयोगले ल्याएका फाइदाहरू देखेका छौँ ।’

ग्राहकहरुलाई अझ बढी सुविधाहरु प्रदान गर्न ओमान एयरसँग व्यापारिक सहयोगलाई अझ सुदृढ पार्ने एयरले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १२ : ४५ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित