श्रीलंका आक्रमणमा ७ आत्मघातीको संलग्नता रहेको खुलासा « Khabarhub

श्रीलंका आक्रमणमा ७ आत्मघातीको संलग्नता रहेको खुलासा


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोलम्बो– श्रीलंकामा भएका श्रृङ्खलाबद्ध बम आक्रमण ७ आत्मघातीले गराएको खुलासा भएको छ ।

श्रीलंका सरकारका फोरेन्सिक विशेषज्ञ आरियन्दना वेलियाङ्गाले समाचार संस्था एपीलाई जानकारी दिएअनुसार श्रीलंकाका होटल तथा गिर्जाघरमा गरी विभिन्न ६ स्थानमा गराइएको बम आक्रमणमा ७ जना आत्मघातीको संलग्नता छ ।

श्रीलंकाका विभिन्न ५ स्थानमा भएका बम विष्फोटनमा एक–एक आत्मघातीले आक्रमण गरेको तथा कोलम्बोको साङ्ग्रिला होटलमा भने २ आत्मघातीद्वारा आक्रमण भएको एपीले जनाएको छ ।

श्रीलंका प्रहरीका प्रवक्ता रुवान गुनसेकरालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार आक्रमणमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या २९० पुगिसकेको छ भने अरु ५ सय जनाभन्दा धेरै घाइते भएका छन् ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

आइतबार इस्टर सन्डे मनाउन भेला भएका इसाई धर्मावलम्बी तथा विदेशी पर्यटकलाई लक्षित गरी राजधानी कोलम्बोसहित श्रीलंकाका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम आक्रमण भएको थियो ।

थप स्थानमा आक्रमण हुनसक्ने आशंकामा हाल श्रीलंकाभर उच्च सुरक्षा सतर्कता अपनाइएको बताइएको छ । यसबीच आइतबार बेलुकी ६ बजेबाट जारी गरिएको निशेधाज्ञा भने तत्कालका लागि हटाइएको र सोमबार बेलुकी ८ बजेबाट पुनः निशेधाज्ञा जारी गरिने श्रीलंकाली सुरक्षा अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  २ : ३३ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती