साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’ छायांकन प्रारम्भ | Khabarhub Khabarhub

साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’ छायांकन प्रारम्भ


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन थालिएको छ ।

‘रेड वाइन’ बाट नाम परिवर्तन गरी ‘तिम्रो मेरो साथ’ नाम राखिएको यो फिल्म सोमबारदेखि छायांकन थालिएको निर्माण टिमले बताएको छ ।

प्रेमकथामा आधारित यो फिल्ममा रमेश एमके पौडेलको निर्देशन रहनेछ । साथै फिल्ममा निर्देशक पौडेललको कथा तथा लगानी रहनेछ । निर्माणमा पौडेलसँग पासाङ लामाले साझेदारी गर्दैछन् ।

आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो फिल्ममा सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधीर पराजुली छन् ।

फिल्मको छायांकन नेपाल र अमेरिकाका केही शहरमा गरिने निर्माण टिमले जनाएको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ३ : ३३ बजे

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१