‘मास्टर’ र ‘एउटा यस्तो प्रेम कहानी’ हेर्न हल पुग्लान् दर्शक ? « Khabarhub

‘मास्टर’ र ‘एउटा यस्तो प्रेम कहानी’ हेर्न हल पुग्लान् दर्शक ?


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले नेपाली फिल्म क्षेत्र लामो समय थला पर्‍यो । यसै पनि वर्षमा केही फिल्मले मात्र नाफा कमाउने नेपालको फिल्म क्षेत्र कोरोना कहरपछि लगभग शून्य भयो ।

स्थिति सामान्य हुन थालेसँगै अब भने फिल्म मेकरले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । यद्यपि रिलिज हुन बाँकी पुराना फिल्म भने अझै पनि रिलिज गरिने तयारी थालिएको छैन ।

भोलिदेखि भने नेपालका हलमा दुई नयाँ फिल्म रिलिज गरिने भएको छ । नेपालका फिल्म हलमा दक्षिण भारतीय फिल्म ‘मास्टर’ रिलिज हुँदैछ ।

यो फिल्मले रिलिजअघि राम्रो प्रतिक्रिया कमाएको छ । साउथका दुई सुपरस्टार विजय र विजय सेतुपतीको शीर्ष भूमिका रहेकाले पनि फिल्म प्रतीक्षित बनेको छ ।

नेपालमा पनि यो फिल्मले धेरथोर दर्शक बटुल्ने आँकलन गरिएको छ ।

यस्तै भोलिदेखि नेपालमा ‘एउटा यस्तो प्रेम कहानी’ पनि रिलिज हुँदैछ । यो फिल्ममा अभिनेता शिव श्रेष्ठ छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको अभिनय रहेको छ । मंगलबार सेन्सर पास भएको यो फिल्मले पीजी सर्टिफिकेट पाएको छ ।

शिव श्रेष्ठको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सञ्जोग कोइराला लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्मलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ०३ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न