दिल्लीका विद्यालय अर्को सातादेखि खुल्ने « Khabarhub

दिल्लीका विद्यालय अर्को सातादेखि खुल्ने


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको दिल्ली प्रदेश सरकारले विद्यालयमा अध्ययन अध्यापन कार्य सुरु गराउने निर्णय गरेको छ ।

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको हो ।

सरकारले अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको बुधबार जानकारी दिएको छ । अन्य कक्षाको बारेमा भने केही बताइएको छैन । विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अभिभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीहरूले जनाएका छन् ।

विद्यालय आएका र नआएका विद्यार्थीहरूका बीचमा विद्यालयले कुनै भेदभाव नगर्ने पनि सरकारी अधिकारीहरूले स्पष्ट पारेका छन् । विद्यालयहरू यही जनवरी १८ देखि सञ्चालन गर्ने तयारी भएको पनि उनीहरूले जानकारी दिएका छन् ।

दिल्लीका विद्यालयहरुमा सन् २०२० को मार्चदेखि पठनपाठन ठप्प छ । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बन्द गरिएका विद्यालयहरू अहिले वार्षिक परीक्षालाई मध्यनजर गर्दै खोल्न लागिएको हो ।

यसअघि पनि विद्यालय खोल्ने तयारी भए पनि बन्द भएदेखि अहिले पहिलोपटक विद्यालय खोल्न लागिएको अधिकारीहरूले जनाएका छन् । भारतकै अन्य कतिपय प्रदेशहरूमा भने केही समय अगाडिदेखि पठन पाठन सञ्चालन गरिएको छ । कोरोना भाइरसको संक्रमण कम देखिएका स्थानहरुमा पढाइ सञ्चालन गरिएको हो ।

दिल्ली सरकारले भने अहिले परीक्षाको तयारी र अभ्यास कार्यका लागि मात्रै विद्यार्थीहरूलाई विद्यालय बोलाउन लागिएको स्पष्ट पारेको छ । नयाँदिल्लीमा हाल ३ हजार १ सय ७९ जना संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : ३२ बजे

कतारका लागि चितवनबाट बिदा भए खगेन्द्र र रूद्रकली

काठमाडौं– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका

के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ?

देशकै दोश्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन यतिबेला

कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख मानिस विस्थापित

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई

महेश बस्नेतले भने- पार्टी र मुलुकलाई अघि बढाउन केपी ओली नै चाहिन्छ

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी

बागलुङका १० ठूला सडक स्तरोन्नति गरिँदै

ढोरपाटन– यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न