रामजीको लघु फिल्म ‘एक लभर’ सार्वजनिक (भिडियो) « Khabarhub

रामजीको लघु फिल्म ‘एक लभर’ सार्वजनिक (भिडियो)


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको वर्तमान सामाजिक विषयवस्तुमा आधारित लघु फिल्म ‘एक लभर’ सार्वजनिक गरिएको छ ।

‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण गरिएको यो फिल्म युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद रहेको छ । ३० मिनेट लामो यो लघु फिल्ममा प्रेम, बिछोड, रोदन मात्रै देखाइएको छ ।

प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलिया पुगेको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइ एम सरी, ह्युमानिटी लगायतका चलचित्र सार्वजनिक गरिसकेका छन् ।

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी लघु फिल्ममा शाहिल खान, अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ११ : ५७ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई