त्रिभुवन विमानस्थलमा दुई रहस्यमयी हेलिकप्टर « Khabarhub

त्रिभुवन विमानस्थलमा दुई रहस्यमयी हेलिकप्टर


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विमानस्थलमा अहिले दुई हेलिकप्टरको चर्चा हुन थालेको छ । जुन हेलिकप्टर कीर्गिस्तानबाट एक साताअघि यहाँ आएका थिए ।

ट्रान्जिट पार्किङका रुपमा अन्तर्राष्ट्रिय विमानस्थलमा आएको यी दुई हेलिकप्टरका चालक दल नै अहिले गायब भएपछि चर्चा अझै चुलिएको हो ।

कुन प्रयोजनका लागि दुई हेलिकप्टर नेपाल आए र त्यसका चालक दल किन गायब भए भन्ने खुलेको छैन् ।

यता कीर्गिस्तानको उड्डयन प्राधिकरणले भने चालक दलका सदस्य नभएको भन्दै थप दुई साता हेलिकप्टर नेपालमै राख्न प्रस्ताव गरेको छ। हेलिकप्टरलाई आगामी जनवरी २९ तारिखसम्म पार्किङमा राख्ने अवधि बढाइदिन कीर्गिस्तानको उड्डयन प्राधिकरणले आग्रह गरेको एक अधिकारीले जानकारी दिए ।

चालक दललाई आउन पत्राचार गरे पनि आउन आनकानी गरिरहेको ती अधिकारीले बताए। विमानस्थल स्रोतका अनुसार दुबै हेलिकोप्टर ल्याउने क्याप्टेन ख्रामुसिन एण्ड्रे र क्याप्टेन अबदुल्लेइभ एमिल्टी इन्डोनेसिया पुगिसकेका छन्।

३० वर्ष पूरानो हेलिकोप्टर कीर्गिस्तानको ‘हेलि स्काइ’ कम्पनीले इन्डोनेशियामा उडान गर्दै आएका थिए। दुवै हेलिकोप्टर अघिल्लो शनिबार बंगलादेश हुँदै नेपाल ल्याइएको थियो। यी दुवै हेलिकोप्टरलाई प्राधिकरणको इजाजत अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक परिसरमा राखिएको छ।

दुवै हेलिकोप्टर फायर फाइटिङ बिल्डिङ छेउमा राखिएको छ। नेपाली आकाशका लागि नौलो रहेका हेलिकोप्टर अथवा हवाई जहाज डोमेस्टिक पार्किङमा राखिने बताइएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १ : ०५ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका