संसद् विघटनविरुद्धको रिटमाथि सुनुवाइ सुरू « Khabarhub

संसद् विघटनविरुद्धको रिटमाथि सुनुवाइ सुरू


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ सुरू भएको छ। सर्वोच्चका प्रधान्यायाशीससहित पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो।

शुक्रबारको सुनुवाइमा विभिन्न कानून व्यवसायी तथा नेकपाकातर्फबाट दायर रिटको सुनुवाइ वृहत पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमै गर्ने भन्ने विषयमा बहस भइरहेको छ।

यसअघि २९ पुसमा पनि यही विषयमा सुनुवाइ भएको थियो। सो दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार सोही विषयमा केन्द्रित रहेर बहस भइरहेको छ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरुले पुस २२ मा यी रिटमाथिको सुनुवाइ वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै निवेदन दिएका थिए।

पुस २९ मा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले वृहत पूर्ण इजलासमा रिट सार्नु नपर्ने जिकिरसहितको निवेदन पेश गरेका थिए। शुक्रबार प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले पुस २९ कै संवैधानिक इजलासलाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १ : ४० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी