संसद् विघटनविरुद्धको रिटमाथि सुनुवाइ सुरू « Khabarhub

संसद् विघटनविरुद्धको रिटमाथि सुनुवाइ सुरू


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ सुरू भएको छ। सर्वोच्चका प्रधान्यायाशीससहित पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो।

शुक्रबारको सुनुवाइमा विभिन्न कानून व्यवसायी तथा नेकपाकातर्फबाट दायर रिटको सुनुवाइ वृहत पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमै गर्ने भन्ने विषयमा बहस भइरहेको छ।

यसअघि २९ पुसमा पनि यही विषयमा सुनुवाइ भएको थियो। सो दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार सोही विषयमा केन्द्रित रहेर बहस भइरहेको छ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरुले पुस २२ मा यी रिटमाथिको सुनुवाइ वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै निवेदन दिएका थिए।

पुस २९ मा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले वृहत पूर्ण इजलासमा रिट सार्नु नपर्ने जिकिरसहितको निवेदन पेश गरेका थिए। शुक्रबार प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले पुस २९ कै संवैधानिक इजलासलाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १ : ४० बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका