नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना | Khabarhub Khabarhub

नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने योजना बनाएको छ ।

छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजना बनाएर भारत सरकारले काम अघि सारेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतले नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा खोप पठाउने तयारी गरेको हो । भारतको योजनाअनुसार घरेलु कम्पनीहरुले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी निर्यातको योजना बनाएका हुन् ।

यो योजनाले पूर्णता भने पाइनसकेको र थप छलफल भइरहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ३ : २५ बजे

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे