जुनियरतर्फ विश्व वरीयतामा शीर्ष तेस्रो स्थानमा उक्लिए प्रिन्स | Khabarhub Khabarhub

जुनियरतर्फ विश्व वरीयतामा शीर्ष तेस्रो स्थानमा उक्लिए प्रिन्स


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली ब्याडमिन्टनका युवा सेन्सेसन प्रिन्स दाहाल ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) को जुनियर तर्फको वरीयतामा शीर्ष तेस्रो स्थानमा उक्लिएका छन् ।

बिडब्लुएफको पछिल्लो वरीयता अनुसार उनी शीर्ष तेस्रो स्थानमा छन् । उनीभन्दा पहिलो नम्बरमा डेनमार्कका म्याड्स जोइल मुलर छन् भने दोस्रो स्थानमा भारतका बरुण कपुर छन् ।

प्रिन्सको जुनियर तर्फको वरियता २ सय बाट शुरु भएर शीर्ष तेस्रोसम्म लगाउन उनको पछिल्लो दुई वर्षको खेल प्रदर्शनले साथ दिएको हो ।

यसैबीच उनले दुबईमा भएको जुनियर सिरिजको नतिजाले मुख्य भूमिका खेल्यो भने त्यसयता पनि उनले एक पछि अर्को सफलता हात पारिरहेका छन् ।

अहिले प्रिन्स नेपालको पनि सिनियर वरीयतामा उक्लन राम्रो प्रदर्शन गरिरहेका छन् । आजमात्रै उनले पुष्पलाल स्मृति र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रभावशाली खेलाडी नविन श्रेष्ठलाई पराजित गरेका छन् ।

उनले अब उनले शनिबार नेपालका पूर्व च्याम्पियन रत्नजित तामाङसँग खेल्दैछन्।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ३ : ५९ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने