निर्माता भन्छन्, ‘आमा’ ले मनायो गौरवमय ५१ औँ दिन, हलमा छैनन् दर्शक ! | Khabarhub Khabarhub

निर्माता भन्छन्, ‘आमा’ ले मनायो गौरवमय ५१ औँ दिन, हलमा छैनन् दर्शक !


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण ठप्प भएको फिल्म क्षेत्र अझै पनि सुख्खा छ । गतवर्षको चैत्रदेखि बन्द भएका हल खुला गरिए पनि दर्शक भने हलसम्म आइरहेका छैनन् ।

नेपाल चलचित्र संघले बन्द रहेका हल पुस १० गतेदेखि खुला गर्ने एकतर्फी निर्णय गरेको थियो । सरकारले भने हालै मात्र फिल्म हल खुला गर्ने औपचारिक निर्णय गरेको थियो ।

बन्द रहेका हलमा नयाँ फिल्म रिलिज नभएपछि रिलिज भइसकेका फिल्म पुनः रिलिज गरिएका थिए ।

यता दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘आमा’ लाई हलमा ५१ औं दिन मनाएको भन्दै प्रचार गरिएको छ । जबकि, हल खुला गरिए पनि दर्शक भने हलसम्म आएका छैनन् । फाटफुट दर्शक मात्र फिल्म हेर्न हलसम्म पुगेका छन् ।

निर्माण टिमले यो फिल्मले बिग मुभिज, सीडीसी हल, गंगा हल, अस्ट नारायण हल, क्युज सिनेमा, आइएआइ सिनेमाज, बीएसआर मुभिज, गुण सिनेमा र बाराही मुभिजमा ‘गौरवमय’ ५१ औं दिन मनाएको दाबी गरेको छ ।

तर, हल सञ्चालक र वितरकले भने अरु फिल्म नहुँदा दर्शक नआए पनि यो फिल्म रिलिज गर्नुपरेको बताएका छन् ।

यो फिल्म नेपालमा लकडाउन गर्नुपूर्व पनि रिलिज गरिएको थियो । त्यतिबेला फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । यतिबेला भने कोरोना भाइरसको महामारीपछि सिर्जना भएको माहोलका कारण हलमा दर्शक आइरहेका छैनन् ।

यस्तो अवस्थामा ‘आमा’ निर्माण टिमले ‘गौरवमय ५१ औं दिन’ भन्दै प्रचार नगर्नुपर्ने भन्दै टिप्पणी गरिएको छ । दर्शक नआएका बेला गौरवमय भन्नु उचित नहुने कतिपयको तर्क छ । यद्यपि मन्द भएको फिल्म क्षेत्र सुचारु गर्न फिल्मले सहयोग पुर्‍याएको छ ।

दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मा लगायतका कलाकारको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ५ : ०० बजे

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं- ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’

काठमाडौं– स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट सेवा केन्द्र

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट