प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशको पहिलो जित, विशालले गरे ह्याट्रिक « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशको पहिलो जित, विशालले गरे ह्याट्रिक


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ।

मुलपानी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा गण्डकीले प्रदेश नम्बर-१ लाई २ विकेटले पराजित गरेको हो ।

प्रदेश १ ले दिएको १०३ रनको  लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो ।

गण्डकीका लागि युवा ब्याट्सम्यान अर्जुन कुमाल र दीपक डुम्ररेले समान ३५–३५ रन प्रहार गरे । जसका लागि अर्जुनले ६३ बलको सामना गरेभने डुम्रेले ९४ बलको सामना गरे । त्यस्तै अभिषेक थापाले १२ रन बनाए ।

गण्डकीविरूद्ध प्रदेश १ का लागि मनिस थापा र सुभान्कर उरोले समान दुई/दुई विकेट लिए । त्यस्तै दिपेश कन्डेल र हेमन्त राईले समान एक/एक विकेट लिन सफल भए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले २७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०२ रन बनाएको थियो ।

प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रनको प्रहार गरे । त्यस्तै मनिस थापाले २२ रन, दीपक पासवानले ११ रनको योगदान गरे ।

बलिङतर्फ गण्डकीका लागि विशाल पौड्यलले ह्याट्रिक सहित चार विकेट लिए । जारी प्रतियोगितामा पहिलो ह्याट्रिक हो । उनले ६.४ ओभर बलिङ गर्दै ४ विकेट लिएका हुन्।

त्यस्तै सुवास भण्डारीले ४ विकेट लिन सफल भए । गण्डकीका लागि विपिन खत्रीले दुई विकेट लिए ।

जितसँगै समूह ‘ए’ रहेको गण्डकीले दुई अंक जोडेको छ । यसै समूहमा शीर्ष स्थानमा रहेको आर्मीको ४ अंक रहेको छ ।

गण्डकीको खेलमा युवा ब्याट्सम्यान अर्जुन र विशाल पौड्यालले उत्कृष्ट लय देखाए । जसमा अर्जुनले यसअघिको पहिलो खेलमा पनि राम्रो ब्याटिङ गरेका थिए। जसलाई उनले दोस्रो खेलमा पनि निरन्तरता दिए।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  २ : ५५ बजे

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका