चीनले ल्यायो विदेशी जहाजलाई गोली हान्न मिल्ने विवादास्पद कानुन | Khabarhub Khabarhub

चीनले ल्यायो विदेशी जहाजलाई गोली हान्न मिल्ने विवादास्पद कानुन


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले विदेशी जहाजलाई गोली हान्न मिल्ने विवादास्पद कानुन ल्याएको छ ।

चीन सरकारले आफ्ना तटरक्षक (नौसेना)लाई विदेशी जहाजमा गोली हान्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने विवादास्पद कानुन पारित गरेको हो ।

प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेका तटरक्षकहरूलाई चीनले यस्तो कानूनी अधिकार दिएको हो। राष्ट्रिय सम्प्रभुता, सुरक्षा र समुद्री अधिकार संरक्षण गर्न पछिल्लो कानुन ल्याइएको चीनले दावी गरेको छ।

यो कानुन फेब्रुअरी १ देखि कार्यान्वयन हुने चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्। यस कानुनअनुसार अब चिनियाँ तटरक्षकहरूले आवश्यक सबै उपाय अपनाउन सक्ने अधिकार प्राप्त गरेका छन्। यसअन्तर्गत विदेशी जहाजहरूबाट हुने खतरा रोक्न हतियार प्रयोग गर्न पाउने अधिकारलाई सबैभन्दा संवेदनशील रुपमा हेरिएको ब्लुमवर्गमा उल्लेख छ।

दक्षिण चीन सागर लगायत कैयन क्षेत्रमा अमेरिका र क्षेत्रीय प्रतिष्पर्धीहरूसँग अहिले चीनले टकराव लिइरहेको छ। चीनको पछिल्लो कदमले युद्धको स्थिति निम्त्याउने आंकलन गरिएको छ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : ०१ बजे

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको