चीनले ल्यायो विदेशी जहाजलाई गोली हान्न मिल्ने विवादास्पद कानुन « Khabarhub

चीनले ल्यायो विदेशी जहाजलाई गोली हान्न मिल्ने विवादास्पद कानुन


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले विदेशी जहाजलाई गोली हान्न मिल्ने विवादास्पद कानुन ल्याएको छ ।

चीन सरकारले आफ्ना तटरक्षक (नौसेना)लाई विदेशी जहाजमा गोली हान्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने विवादास्पद कानुन पारित गरेको हो ।

प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेका तटरक्षकहरूलाई चीनले यस्तो कानूनी अधिकार दिएको हो। राष्ट्रिय सम्प्रभुता, सुरक्षा र समुद्री अधिकार संरक्षण गर्न पछिल्लो कानुन ल्याइएको चीनले दावी गरेको छ।

यो कानुन फेब्रुअरी १ देखि कार्यान्वयन हुने चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्। यस कानुनअनुसार अब चिनियाँ तटरक्षकहरूले आवश्यक सबै उपाय अपनाउन सक्ने अधिकार प्राप्त गरेका छन्। यसअन्तर्गत विदेशी जहाजहरूबाट हुने खतरा रोक्न हतियार प्रयोग गर्न पाउने अधिकारलाई सबैभन्दा संवेदनशील रुपमा हेरिएको ब्लुमवर्गमा उल्लेख छ।

दक्षिण चीन सागर लगायत कैयन क्षेत्रमा अमेरिका र क्षेत्रीय प्रतिष्पर्धीहरूसँग अहिले चीनले टकराव लिइरहेको छ। चीनको पछिल्लो कदमले युद्धको स्थिति निम्त्याउने आंकलन गरिएको छ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : ०१ बजे

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको