पाकिस्तानी वायुसेवाले नियम उल्लंघन गरेकोमा निन्दा, क्वालालम्पुरमा पीआइएको विमान जफत « Khabarhub

पाकिस्तानी वायुसेवाले नियम उल्लंघन गरेकोमा निन्दा, क्वालालम्पुरमा पीआइएको विमान जफत


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा (पीआइए) ले लीज सम्बन्धी कानुन उल्लघंन गरेको भन्दै नागरिक उड्ययन प्राधिकरणले निन्दा गरेको छ ।

बोइन ७७७ विमानको अदालतमा लीज सम्बन्धी मुद्दा जारी रहेको बेला अन्तराष्ट्रिय उडान भर्न अनुमति दिएर पीआइएले कानुनको उल्लघन गरेको भन्दै नागरिक उड्ययन प्राधिकरण (सिएए) ले निन्दा गरेको हो । लीज सम्बन्धी कानुनको बेबास्ता गर्ने पीआइएको गैरजिम्मेवार व्यावहार र प्रवृति प्रति नागरिक उडड्यन प्राधिकरणले असन्तुष्टी देखाएको हो ।

अन्तराष्ट्रिय नागरिक उड्ययन कानुनको उल्लघनले देश लाइ नै लज्जित बनाउने भन्दै सिएएले असन्तुष्टी देखाएको छ ।

हाल विश्वब्यापारी महामारी रहेको कोभिड–१९ महामारीका कारण पीआइएले समयमा विमानको भाडा तिर्न असफल भएको थियो । विमानको भाडा तिर्न असफल भएपछि पीआइए अधिकारीहरु जनवरी २२ मा बेलायतको अदालत र जनवरी २४ मा मलेसियाको अदालतमा उपस्थित हुनुपर्ने नागरिक उड्ययन मन्त्री गुलाम सरवर खानले बताएका छन् ।

पूर्व प्रधानमन्त्री नवाज सरिफको सरकारले महंगो भाडादरमा दुई विमान लिएको मन्त्री खानले आरोप लगाए । सन् २०१५ मा पीआइएको विमान भीयतनामको कम्पनीबाट पीआइएले भाडामा बिमानहरु भित्राएको थियो। शुक्रबार यात्रु चढाएर उड्नै लागेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए) को विमान मलेसियाको क्वालालम्पुरमा जफत गरिएको छ ।

पीआइएले बोइङ ७७७ मोडलको यो विमान भाडामा लिएको थियो र यसको भाडा तिरेको थिएन । शुक्रबार क्वालालम्पुर विमानस्थलमा विमान जफत गरिँदा त्यसमा यात्रु बसिसकेका थिए ।

यो विमान अदालतको आदेशमा जफत गरिएको अल जजीराले जनाएको छ । हालै पाकिस्तानको सरकारी एयरलाइन्स पीआइएले भाडा नतिरेपछि कम्पनीले ६ महिना पहिले बेलायतको अदालतमा निवेदन दिएको थियो ।

सुनुवाइमा अदालतले विमान जफत गर्न आदेश दिएसंगै यात्रु चढाएर उड्नै लागेको पीआआइएको बिमान मलेसियाको क्वालालम्पुरमा जफत गरिएको थियो । पीआइएले बोइङ ७७७ मोडलको विमानले भाडामा लिएपनि नतिरेपछि जफत गरिएको हो।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : ४९ बजे

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू