पाकिस्तानको सिन्धलाई स्वतन्त्र देश माग गर्दै प्रदर्शन « Khabarhub

पाकिस्तानको सिन्धलाई स्वतन्त्र देश माग गर्दै प्रदर्शन


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जम्शोरो– आधुनिक सिन्धि राष्ट्रबादका पिता जी एम् सयदको १ सय १७ औं जन्मजयन्तिको अवसरमा स्वतन्त्र सिन्ध देशको माग गर्दै बृहत प्रदर्शन भएको छ ।

जी एम सयदको जन्म जयन्तीको अवसरमा उनको गृहक्षेत्र सिन्ध प्रान्तस्थित जम्शोरो जिल्लामा भएको बृहत प्रदर्शनमा स्वतन्त्र सिन्धुदेशको माग गरिएको हो ।

प्रदर्शनकारीले अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्तराष्ट्रिय नेताहरुलाई आह्वान पनि गरेका छन् ।

स्वतन्त्रतावादीहरुले सिन्ध देश सिन्धुघाँटीबेसी सभ्यता र वैदिक धर्मको आधारक्षेत्र भएपनि ब्रिटिस साम्राज्यले अवैध रुपमा कब्जा गरी इस्लामिकको हातमा सुम्पिदिएको बताएका छन् ।

उनीहरुले सिन्ध इतिहास र संस्कृतिमाथि बर्बर आक्रमण गरी पकिस्तानले कब्जा जमाए पनि सिन्धहरु सह–अस्तित्व, बहुलबाद, सहिष्णु, सामनजस्यपूर्ण समाज सिर्जना गरी मानव सभ्यताको सम्मान गर्दै आएको शफी जे सिन्ध मुत्ताहिदा महजका अध्यक्ष मुहम्मद बुर्फतले बताए।

उद्योग, दर्शन, समुद्री अध्ययन, गणित र खगोल विज्ञानको क्षेत्रमा अन्वेषण गरेका सिन्ध नागरिक आज पाकिस्तानको इस्लामिक फासिवादी असंवैधानिक शक्तिको कब्जामा रहेको बुर्फतले बताए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १२ : ५९ बजे

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक