सिक्किम क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप, २० चिनियाँ सैनिक घाइते « Khabarhub

सिक्किम क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप, २० चिनियाँ सैनिक घाइते


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र चीनका सैनिकबीच सिक्किमको सीमावर्ती क्षेत्रमा झडप भएको छ ।

गत साता नै भएको यो झडपको विवरण भारतीय सञ्चारमाध्यमहरूले सोमबार मात्रै सार्वजनिक गरेका छन् ।

सिक्किमको नाकु ला क्षेत्रमा भएको झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको आजतकले जनाएको छ ।

भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेर भूमी हडप्न खोजेपछि धपाइएको भारतीय सेनालाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।

भारत र चीनबीच पछिल्लो समय सीमाको विषयमा तनाव चुलिदै गएको छ । यसअघि यसअघि  गत असारमा लद्दाखमा भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए। उक्त झडपमा चीनतर्फ पनि हताहती भएको दाबी गरिए पनि त्यसको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १२ : ४५ बजे

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू