पाकिस्तान सरकार आफ्नै षड्यन्त्रमा फसेको बिपक्षी नेतृको आरोप « Khabarhub

पाकिस्तान सरकार आफ्नै षड्यन्त्रमा फसेको बिपक्षी नेतृको आरोप


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको विपक्षी दल पाकिस्तान मुस्लिम लिग (पीएमएल) एन की उपाध्यक्ष मर्यम नवाजले विपक्षी विरुद्धको षडयन्त्रमा सरकार आफै फसेको बताएकी छन् ।

पूर्व प्रधानमन्त्री नवाज सरिफलाई विभिन्न मुद्दामा फसाउन खोजीरहेको प्रधानमन्त्री इमरान खानको सरकार आफैं भ्रष्ट्रचार र आर्थिक अनियमितताको मुद्दामा मुछिएको मर्यमले बताइन।

उपाध्यक्ष मर्यमले हालै बेलायतमा फेला परेको शंकास्पद बैंक खाततर्फ इंकित गर्दै सरकारको इमरान खान सरकारकै संलग्नता रहेको आरोप लगाएकी हुन। पाकिस्तानमा ब्रोडसिट एलएलसीले बेलायतमा १ अर्ब अमेरिकी डलर बराबरको शंकास्पद बैंक खाता फेला परेको खुलासा गरेपछि यसको थप छानबीन भइरहेको छ।

ब्रोडसीट एलएलसीले नेताहरुले अमेरिका, बेलायत र एसियाली देशहरुमा राखेको अबैध बैंक खाताहरुबारे छानबीन गर्ने गरेको छ । बिपक्षीका नेताहरु बिरुद्ध भ्रष्ट्रचारको मुद्दा लागीरहेको बेला उपाध्यक्ष मर्यमले आफुहरुसँग सरकारले जवाफदेहि नबनी बदला साँधिएको बताएकी हुन् ।

उनले आफुहरुबिरुद्धको झुटो मुद्दाहरु एकदिन खारेज हुने र आफ्नो पार्टी विजयी हुने समेत बताइन। पाकिस्तानमा प्रधानमन्त्री खानको सरकारले विपक्षी दलका नेताहरुबिरुद्ध भ्रष्टाचार जस्ता बिषयमा मुद्दा लगाइरहेको छ भने विपक्षीले सरकार चरम भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउदै आएका छन्।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ८ : ४७ बजे

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू