युएईको विमानमा ‘हरि’ देखाइने « Khabarhub

युएईको विमानमा ‘हरि’ देखाइने


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युएईको एक विमानमा चढ्ने नेपाली तथा विदेशी यात्रुले ‍चलचित्र ‘हरि’ हेर्न पाउने भएका छन् । विश्वभर विभिन्न एअरलाइन्समा यात्रुलाई विदेशी सिनेमा देखाइने गर्छन् । नेपाली सिनेमा भने खासै देखाइने गरेको पाइँदैन । यद्यपि दुबई जाने यात्रुका लागि भने यो सिनेमा देखाइने भएको छ ।

नेपालफिल्क्सले युएईको एक एअरलाइन्ससँग नेपाली चलचित्र प्रदर्शनका लागि सम्झौता गरेको हो । तर एअरलाइन्स कुन भन्ने खुलाएको छैन । पहिलो चलचित्रका रुपमा सिनेमा ‘हरि’ देखाइनेछ ।

काठमाडौं र अन्य देशका विमानस्थलमा विमान चढ्ने यात्रुले यो फिल्म हेर्न पाउने नेपालफिल्क्सका कन्ट्री म्यानेजर सार्थक जिसीले बताए । उनका अनुसार सन् २०१९ को मे महिनाबाट यो फिल्म प्रदर्शन गरिनेछ ।

यो कार्यले नेपाली सिनेमाको प्रचार अन्य देशमा पुग्न टेवा पुग्ने आशा गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ५ : ४० बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया