जापानमा कोभिड–१९ का कारण जारी संकटकाल एक महिना थप | Khabarhub Khabarhub

जापानमा कोभिड–१९ का कारण जारी संकटकाल एक महिना थप


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भइनसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ ।

जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोभिड–१९ महामारीको कारण लगाइँदै आएको सङ्कटकाललाई थप एक महिनाको लागि विस्तार गरेका हुन ।

सरकारको कोभिड–१९ कार्यदलको बैठकपछि प्रधानमन्त्रीले भन्नुभयो, “जापानका ११ वटा प्रान्तमध्ये हाल टोकियो र छिमेकी कानागावा, चिबा र सैतामा क्षेत्रका साथै ऐचि, गिफु, ओसाका, क्योटो, ह्योगो र फुकुओका क्षेत्रहरुमा रहेको कोभिड–१९ सङ्कटकाललाई थप बढाउने सरकारले घोषणा गरेको हो ।

यसैबीच राजधानीको उत्तरमा अवस्थित तोचिगी प्रान्तमा कोभिडको समस्या कम भएको भन्दै यसलाई आपतकालिन सूचीबाट हटाइने पनि प्रधानमन्त्रीले बताएका छन भने दक्षिण टापु ओकिनावा प्रान्तमा सङ्कटकाल थप गर्ने वा नगर्ने भन्ने निर्णय भइसकेको छैन ।

जापानी सरकारले सबैभन्दा पहिले ग्रेटर टोकियो क्षेत्र र ओसाकालगायत सघन आबादी भएका अन्य प्रमुख सहरी क्षेत्रहरु को लागी जनवरीमा घोषणा गरेको सङ्कटकाल यही फेब्रुअरी ७ मा का लागि रहेको थियो ।

आपतकालिन अवस्थाको घोषणा भएदेखि नै मानिसहरूलाई घरबाहिर अनावश्यक यात्रा गर्नबाट जोगिन र घरबाट काम गर्न आग्रह गरिएको छ ।

जापानभर मङ्गलबारसम्म तीन लाख ८९ हजार ५१८ व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजार ७२२ जनाको मृत्यु भएको छ । जापानको सबैभन्दा बढी प्रभावित राजधानी सहर टोकियोमा सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाखभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : १७ बजे

ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनएलाई मन्त्री खड्काको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानी

सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको

गभर्नर नियुक्ति सकस : बिचौलिया अघिअघि, ओली-देउवा पछिपछि !

काठमाडौं – नेपालको केन्द्रीय बैंक गभर्नरविहीन भएको आज (मङ्गलबार) ३३

मिसेस टुरिजम क्विन इन्टरनेशनलमा सुमीले जितिन् दुई अवार्ड

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा

चतरादेखि टेम्केमैयुङ जोड्दै मुन्दुम पदमार्ग, बराहक्षेत्रले थाल्यो पूर्वाधार निर्माण

काठमाडौं – स्थानीय, प्रदेश र सङ्घीय सरकारसहित स्वीस सरकारको लागत