काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो नाममा ‘फेक म्यासेज’ बनाएर प्रचण्ड-नेपाल पक्षबाट भ्रम फैलाएको भन्दै आक्रोश पोखेका छन् ।
सूर्य थापाको फेसबुक पोस्ट भन्दै सामाजिक सञ्जालमा भोलि दरबारमार्गमा आयोजना गरिने कार्यक्रम स्थगित गरिएको भनेर भ्रम फैलाइएकोप्रति उनले आक्रोश पोखेका हुन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेराे फेसबुक आइडीलाई स्क्रीन सट गरी नक्कली म्यासेज बनाई साेसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्ताे अपराधिक गिराेह कुत्सित सक्रियतामा संलग्न रहेकाेमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु ।’
उनले भोलि हुने गरी तयारी भइरहेको निर्धारित कार्यक्रम दिउँसो १२ बजे नारायणहिटी गेटमा हुने बताएका छन ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका केही ‘स्क्रिन सट’ राख्दै उनले यसरी नक्कली कार्यबाट दुष्टतापूर्वक भ्रमको खेती गर्नेहरूप्रति सावधान रहन र अन्योलमा नपर्न सम्बद्ध सबैमा अनुरोध पनि गरेका छन ।
उनले फेसबुकमा यस्तो लेखेका छन
माधवकुमार नेपालका कान्छा भाइ सराेज उपाध्यायसहितकाे यस घिनलाग्दाे अपराध कर्मकाे निन्दा गर्दछु –
माझण्ड गुटका अपराधिक…Posted by Surya Thapa on Thursday, 4 February 2021
प्रतिक्रिया