सुटिङ शैली फेर्दै आमिर खान « Khabarhub

सुटिङ शैली फेर्दै आमिर खान


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेता आमिर खान हालका दिनमा आफ्नो महत्वाकांक्षी फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा गर्ने ध्याउन्नमा छन् । त्यसका लागि उनी दिनरात नभनी मेहनत गरिरहेका छन् । आमिर वर्षमा एक फिल्ममा मात्र काम गर्न रुचाउछन् । यो उनको काम गर्ने शैली नै हो ।

तर अब भने यी अभिनेताले आफ्नो शैलीलाई परिवर्तन गर्दैछन् । किनकी ‘लाल सिंह चड्डा’पछि आमिर तीन फिल्ममा व्यस्त हुँदैछन् । त्यहीकारण उनले एकैपटक दुई फिल्मको सुटिङ गर्ने योजना बनाएका छन् ।

फिल्म ‘लाल सिंह चड्डा’पछि आमिरको हातमा टी–सिरिजका संस्थापक गुलशन कुमारको बायोपिक फिल्म ‘मोगुल’, स्पेनिस फिल्म ‘क्याम्पिओनेस’को रिमेक फिल्म र अर्को एक बायोपिक फिल्म छ ।

फिल्म ‘मोगुल’ आमिर र गुलशनका छोरा भूषण कुमार संयुक्त रुपमा निर्माण गर्दैछन् । जसमा आमिरले गुलशन कुमारको भूमिका निभाउनेछन् । यो फिल्मको छायांकन यसै वर्षको मध्यमा सुरु हुनेछ ।

फिल्म ‘क्याम्पिओनेस’मा आमिर एक जड्याहा बास्केटबल बन्दैछन् । सोनी पिक्चर्सले निर्माण गर्ने फिल्ममा ‘शुभ मंगल सावधान’ निर्देशक आरएस प्रसन्नाको निर्देशन हुनेछ । आमिरले गर्ने बायोपिक फिल्मको बारेमा विस्तृत खुलाइएको छैन । तर यो फिल्म एक रहस्यमयी कथामा बन्ने चर्चा बलिउडमा छ ।

आमिरको फिल्म ‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । फिल्ममा करीना कपूर खान र मोना सिंहको पनि अभिनय छ । फिल्म यसै वर्षको क्रिसमसमा रिलिज हुँदैछ ।
–एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ३ : २० बजे

सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको

तस्बिरमा हेर्नुहोस्, काठमाडौं र लुम्बिनीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

बर्दिया घटनाबारे गठित छानविन समितिले थाल्यो काम  

काठमाडौं– नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ धरापमा, १० ओभरमा ६ विकेटको क्षति ५१ रन

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

सम्पादकसँग ईश्वर पोखरेलको अन्तर्क्रिया (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक