प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्‍याइने | Khabarhub Khabarhub

प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्‍याइने


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन् ।

मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरे । उनले भने, “सञ्चार क्षेत्रमा नीतिगत सुधारसँगै थुप्रै सुधार गर्नुपर्ने छ, त्यसका लागि सञ्चार क्षेत्रका विज्ञहरुको सुझावको आवश्यकता छ ।”

सरकारका प्रवक्ता गुरुङले दूरसञ्चारमा देखिएका समस्याका कारण पनि दुर्गम जिल्लाका पत्रकारले समस्या भोग्नुपरेको विषयलाई जतिसक्दो चाँडो सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्‍याउने सरकारको योजना सुनाए ।

“सबैलाई एउटै डालोमा राखेर हेर्नु हुँदैन तर पत्रकारितामा अराजकता र विकृति मौलाउँदै गएको छ, विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ, यसको पनि गुणस्तर मापन गर्नुपर्ने बेला आएको छ ।”

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घ सधैँभरि पत्रकारको अधिकारका निम्ति लड्दै आएको र आगामी दिनमा पनि लडिरहने प्रतिबद्वता व्यक्त गरे ।

विज्ञापन बोर्डका सदस्य बलराम थापाले प्रत्येक जिल्लाको सुझावका आधारमा लोककल्याणकारी विज्ञापनमा देखिएको समस्या समाधान गरिने बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ३ : ४५ बजे

उत्तर प्रदेशको बुलन्दशहरमा सडक दुर्घटना, आठ जनाको मृत्यु

काठमाडौं – भारतको उत्तर प्रदेशमा पर्ने बुलन्दशहरमा सडक दुर्घटनामा परी

प्रि–ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३५ अंकले बढेको

तीज जोडी फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काभ्रे– काभ्रेमा तीज जोडी फोटो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको

कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी धनवृद्धि योजनाको शेयर

नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य