चिकित्सकको परामर्श शुल्क नबढाऊ : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

चिकित्सकको परामर्श शुल्क नबढाऊ : स्वास्थ्य मन्त्रालय


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क नबढाउन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले नेपाल चिकित्सक संघ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (एफिन)लाइ परामर्श र गृहकार्य गरेर मात्र चिकित्सकको परामर्श शुल्क तोक्न निर्देशन दिएका हुन्।

उनले कोरोना भाइरस–१९ को सङ्क्रमण र यसले निम्त्याएको आर्थिक शिथिलता समेतलाई मध्यनजर गर्दा चिकित्सको परामर्श शुल्क २०७१ भदौ ११ गते मन्त्रालयले जारी गरिएको पत्रानुसार हुने उल्लेख गरे ।

उनले मन्त्रालयसँग सहमति नगरी वृद्धि गरिएको परामर्श शुल्क अमान्य भएको जनाए ।

“गत माघ ४ गते यस मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटीरुपमा सङ्घ र एफिनद्वारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको सहमति नरहेको व्यहोरा जानकारी गराइन्छ”, उनले भने, “यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था रहँदैन ।”

मन्त्रालयले आवश्यक थप गृहकार्य र मन्त्रालयसँगको परामर्श गरी मात्र परामर्श शुल्क वृद्धि गर्न उचित हुने र सर्वसाधारणमा थप दुविधा उत्पन्न भई सेवामा असर पुग्नसक्ने बताए ।

उनले निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक, अस्पतालको सेवा शुल्क र परामर्श शुल्कसमेतको समयसापेक्षित परिमार्जन गर्न सम्बन्धित सरोकारवालासँग छलफलका लागि मन्त्रालय तयार रहेकोसमेत उनले विज्ञप्तिमा जनाएका छन् ।

मन्त्रालयले निजी स्वास्थ्य संस्थामा कार्यरत सेवा प्रदायकको तोकिएबमोजिमको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न र सो पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : ४४ बजे

भारतको मोतीहारीबाट पक्राउ परेका खलिस्तानी विद्रोहीको के छ नेपाल कनेक्सन ?

काठमाडौं – भारतको बिहारस्थित मोतीहारीबाट भारतीय केन्द्रीय जाँच एजेन्सी (एनआईए)

नेप्सेको पुनर्संंरचना : सीईओ चापागाईंले चपाउन सक्लान् ‘फलामे च्युरा’ ?

काठमाडौं – वि.सं. २०७८ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख

डेढ वर्षअघि विद्यालयबाट चोरिएका ल्यापटप बोरामा हालेर पुरेको अवस्थामा भेटिए

काठमाडौं- ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ स्थित पार्टीडाँडा माध्यमिक विद्यालयबाट डेढ वर्ष

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,

मुलुकलाई गतिशील बनाउन सरकार गम्भीर छ : पदम गिरी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पदम गिरीले सरकारले