विभिन्न दुर्घटनामा ९ जनाको मृत्यु | Khabarhub Khabarhub

विभिन्न दुर्घटनामा ९ जनाको मृत्यु


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रौतहट, रुपन्देही, धनुषा, सुनसरी, कञ्चनपुर, सप्तरी र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका-१० गौर चपुर सडकमा ना.७ त १३२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार चन्द्रपुर नगरपालिका-९ चेतनगर विर्ता बस्ने ६२ वर्षीया कलावती चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको चपुरस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ७ जना मध्ये ६ जना उपचार पश्चात डिश्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ मधवलियास्थित सडकमा ना.३ ख ८१५२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण गैरेको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको मणिग्राम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्र् णमा लिएको छ ।

यसैगरी रुपन्देही, देवदह नगरपालिका-१० चरङ्गे जंगलस्थित सडकमा लु.४३ प ६८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक देवदह नगरपालिका-८ बस्ने २७ वर्षीय राम बहादुर थापा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहास्थित सडकमा प्रदेश २-०३-००१ ख ४६४ नम्बरको मिनीट्रक र लु.५१ प ४१५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका-८ बस्ने २५ वर्षीय भगवान बाबु यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरीको ईटहरी उपमहानगरपालिका-१६ लबिपुरस्थित सडकमा ना.४ ख ९९११ नम्बरको तेलको ट्याङ्करको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपलिका-१६ बस्ने ६५ वर्षीया सोम्नी चौधरीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-१ ढक्कास्थित सडकमा ना.४४ प ९७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बेलैरी नगरपालिका-८ कलकत्ता बिसपुरी बस्ने २३ वर्षीय गोबिन्द चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय हिक्मत चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका-७ हैटीस्थित सडकमा स.११ प ४६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हँदा मोटरसाइकल चालक सप्तरी खडक नगरपालिका-९ लालपट्टी बस्ने २८ वर्षीय मो.लियाकतको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जीवन दिप अस्पताल बोदेबरसाईनमा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुरको मनहरी गाउँपालिका-८ स्थित सडकमा ना.६ ख ३४२७ नम्बरको ट्रकले बा.४२ प २५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिमपानी बस्ने ३० वर्षीय जनक ढकालको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १ : २४ बजे

दक्षिण कोरियामा रोजगारी वृद्धि

एजेनसी– दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको

अब लाङटाङ क्यान्जिन पदमार्गमा फोरजी सेवा

काठमाडौं– नेपाल टेलिकमले लाङटाङ क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालनमा

रारासम्म पर्यटन बस सञ्चालनसम्बन्धी अध्ययन गर्न गएको टोली फर्कियो

सुर्खेत– काठमाडौँदेखि रारा तालसम्म नियमित पर्यटन बस सेवा सञ्चालनका सम्भावनाबारे

जब प्रहरीले बरामद गरेको चरेस अदालत पुर्‍याउँदा इँटा-ढुंगामा परिणत भयो

पटना- नेपालमा पनि बेला बेला बरामद भएको सुनलाई प्रहरीले अदालत

भारतको मोतीहारीबाट पक्राउ परेका खलिस्तानी विद्रोहीको के छ नेपाल कनेक्सन ?

काठमाडौं – भारतको बिहारस्थित मोतीहारीबाट भारतीय केन्द्रीय जाँच एजेन्सी (एनआईए)