इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति ? | Khabarhub Khabarhub

इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति ?


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्धनमा मूल्य वृद्धि भएपछि निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन् ।

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाउने निर्णय गरेको हो ।

संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन चार्ज शुल्क समायोजन गर्दै आएको छ । संघले बढाएको इन्धन चार्ज नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ।

संघले माउन्टेन फ्याइटमा ७० रुपैयाँ, काठमाडौं–भद्रपुर ६०, काठमाडौं– विराटनगर ४५, काठमाडौं–जनकपुर २५, काठमाडौं– भरतपुर २०, काठमाडौं–पोखरा ३०, काठमाडौं–भैरहवा ४५, काठमाडौं–नेपालगञ्ज ६५, काठमाडौं–धनगढी ९०,काठमाडौं–तुम्लिङटार ४०र काठमाडौं–सिमराको उडानमा १५ रुपैयाँ शुल्क बढाएको छ।

यसैगरी विराटनगर–तुम्लिङटार २०, पोखरा–भैरहवा २५, पोखरा–भरतपुर २५, पोखरा–नेपालगञ्ज ४५, पोखरा माउन्टेन ६०, काठमाडौं–सुर्खेत ७०, विराटनगर माउन्टेन ६५, काठमाडौं–राजविराज ४० र विराटनगर–भोजपुरको उडानका २० रुपैयाँ भाडा बढेको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ४ : २० बजे

जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक !

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनीबाट प्रभावित कथामा गायक

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम– मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं– गत असोज २३ को मन्त्रिपरिषद बैठकबाट भूमि समस्या समाधान

राजुनाथ पाण्डे निलम्बनमै रहने, उच्चले खारेज गरिदियो रिट निवेदन 

काठमाडौं– उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ

आगजनी तथा लुटपाटमा संलग्नलाई कारबाही गर्नुपर्छ : आयोग अध्यक्ष कार्की

वीरगञ्ज– जेन-जी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ