इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति ? « Khabarhub

इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति ?


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्धनमा मूल्य वृद्धि भएपछि निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन् ।

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाउने निर्णय गरेको हो ।

संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन चार्ज शुल्क समायोजन गर्दै आएको छ । संघले बढाएको इन्धन चार्ज नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ।

संघले माउन्टेन फ्याइटमा ७० रुपैयाँ, काठमाडौं–भद्रपुर ६०, काठमाडौं– विराटनगर ४५, काठमाडौं–जनकपुर २५, काठमाडौं– भरतपुर २०, काठमाडौं–पोखरा ३०, काठमाडौं–भैरहवा ४५, काठमाडौं–नेपालगञ्ज ६५, काठमाडौं–धनगढी ९०,काठमाडौं–तुम्लिङटार ४०र काठमाडौं–सिमराको उडानमा १५ रुपैयाँ शुल्क बढाएको छ।

यसैगरी विराटनगर–तुम्लिङटार २०, पोखरा–भैरहवा २५, पोखरा–भरतपुर २५, पोखरा–नेपालगञ्ज ४५, पोखरा माउन्टेन ६०, काठमाडौं–सुर्खेत ७०, विराटनगर माउन्टेन ६५, काठमाडौं–राजविराज ४० र विराटनगर–भोजपुरको उडानका २० रुपैयाँ भाडा बढेको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ४ : २० बजे

एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६