चन्द्रविनायक पार्क व्यवस्थापन समाज चाबहिलमा बङ्गलादेश बैंकको क्यूआर कोड भुक्तानी सेवा शुरु | Khabarhub Khabarhub

चन्द्रविनायक पार्क व्यवस्थापन समाज चाबहिलमा बङ्गलादेश बैंकको क्यूआर कोड भुक्तानी सेवा शुरु


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा डिजिटल भुक्तानीको शुरुवात भएसँगै यसलाई जनमानसमा नगदरहित क्यूआर कोडमार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गर्ने नेपाल राष्ट्र बैंकको योजना रहेको छ ।

नगदरहित कारोबारलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकको चावहिल शाखा द्वारा काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा एफवान सफ्टसँगको सहकार्यमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानीको शुरुआत गरिएको छ । नेपाल बङ्गलादेशले शुक्रबार एक समारोहका बिच सो कार्यको शुभारम्भ गरेको हो ।

उक्त सुभारम्भ कार्यक्रमको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सो एरियाका ब्यापारी बर्गलाई क्युआर कोड वितरण गरि गरेका थिए । सो अवसरमा डेपुटी गभर्नर सिवाकोटीले विभिन्न तरकारीहरु खरिद गरी क्यूआर कोडको माध्यमद्वारा भुक्तानी पनि गरेका थिए ।

साथै डेपुटी गभर्नर सिवाकोटीले डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगद रहित कारोबार गर्दा हुने फाइदाको बारेमा जानकारी दिंदै बैंकले साना तथा महिला उद्यमीहरुलाई प्रदान गर्ने सहुलियतपूर्ण कर्जाको उपयोग गरी आफनो ब्यावसाय बिस्तार गर्न प्रोत्साहित पनि गरेका ग्थिये ।

उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा जानकारी गराएका थिए । बैंकले ग्राहक तथा ब्यापारी बर्गहरुको सुबिधालाई ध्यानमा राखी उक्त स्थानमा वर्ल्डलिंकसंगको सहकार्यमा निःशुल्क वाईफाई पनि जडान गरिदिएको जानकारी गराएको छ ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : ४५ बजे

तीजको दरमा कस्तो खानपान उचित हुन्छ ?

महिलाहरूको  महान् पर्व मानिने हरितालिका तिजको आज दर खाने दिन

मनसुन अनुकूल नहुँदा घट्यो धान रोपाइँ

काठमाडौं– मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ

श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण

कोलम्बो- श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा

राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी

प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन