पूर्वरानी शाहको जन्मोत्सवले जुरायो पारस-हिमानीको भेट ! | Khabarhub Khabarhub

पूर्वरानी शाहको जन्मोत्सवले जुरायो पारस-हिमानीको भेट !


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– लामो समयदेखि टाढा रहेका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच शुक्रबार भेट भएको छ।

झापाको होटल मेची क्राउनमा पूर्वयुवराज दम्पत्तीबीच भेट भएको हो। पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पारस र हिमानीबीच भेट भएको हो ।

जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको जनाइएको छ ।

यसअघि पारसबाहेक राजपरिवारका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेका उनी एकाएक मेची क्राउनमा पुगेका थिए ।

पारस उक्त कार्यक्रममा पुगेपछि हिमानीसँग केही कुराकानी समेत भएको जनाइएको छ ।

हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ । गत बुधबारदेखि नै पूर्वराजपरिवारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ ।

पूर्व राजा शाह दम्पती भने केही महिना अघिदेखि नै झापामा रहँदै आएका थिए ।

शुक्रबारको जन्मोत्सव शुभकामना दिन केही राजावादी तथा राजसंस्था पक्षधरका स्थानीय नेताहरू पनि पुगेको जनाइएको छ ।

यसअघि ७१औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीवार जारी शुभकामना सन्देशमा पूर्वराजाले निशेष र विभेदको राजनीति शुरु भएको आरोप लगाएका थिए ।

पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : ३७ बजे

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका– २४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक

बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ