स्वास्थ्य परीक्षण गरी भारतबाट फर्किए वरिष्ठ नेता खनाल « Khabarhub

स्वास्थ्य परीक्षण गरी भारतबाट फर्किए वरिष्ठ नेता खनाल


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतबाट स्वदेश फर्किएका छन् ।

स्वास्थ्य उपचारका लागि माघ ३० गते दिल्ली गएका खनाल शनिबार अपरान्ह काठमाडौं फर्किएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल दिल्लीको एपोलो अस्पतालमा उपचार गराउन गएका हुन् । एक साता लामो उपचारपछि उनी स्वदेश फर्किएका हुन् ।

स्वास्थ्य परीक्षण रिपोर्टअनुसार अहिले उनको स्वास्थ्य अवस्था राम्रो रहेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनी गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको आरोप बताए ।

उनले आफू भारतमा रहँदा कुनै पनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पारे ।

आफ्नो देशको समस्या आफैँ हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरुसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको उनले बताएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : ५७ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै