इस्लामिक स्टेटका १४० ‘एजेन्ट’को खोजी गर्दै श्रीलंकाली प्रहरी « Khabarhub

इस्लामिक स्टेटका १४० ‘एजेन्ट’को खोजी गर्दै श्रीलंकाली प्रहरी


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोलम्बो– श्रीलंकाली प्रहरीले अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटसँग आबद्ध रहेको आशंका गरिएका अरु १ सय ४० जनाको खोजी गरिरहेको त्यहाँका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले जनाएका छन् ।

गत आइतबार मुलुकका विभिन्न स्थानमा भएका आत्मघाती बम आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएपछि त्यस संगठनसँग आबद्ध रहेको आशंका गरिएका १ सय ४० जना प्रहरीको खाजी सूचीमा रहेको राष्ट्रपति सिरिसेनाले जनाएका हुन् ।

त्यसबाहेक आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले हालसम्म ७६ जनालाई पक्राउ गरिएको जनाइएको छ ।

सिरिसेनाले श्रीलंकाका केही युवाहरु सन् २०१३ यता इस्लामिक स्टेटतर्फ आकर्षित भइरहेको भन्दै मुलुकका रक्षा तथा सुरक्षा प्रमुखहरुले सम्भावित आक्रमणबारे आफूलाई कुनै पनि सूचना नदिएको समेत आरोप लगाए ।

उनले प्रधानमन्त्री रनिल विक्रमासिंघेको सरकारले गृहयुद्धका क्रममा भएको भनिएको युद्ध अपराधका लागि सैनिक अधिकारीविरुद्ध मुद्धा चलाएर मुलुकको गुप्तचर तथा रक्षा क्षेत्रलाई कमजोर बनाएको समेत आरोप लगाए ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ३ : ३२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह