घर भाडामा लगाउँदै गागा « Khabarhub

घर भाडामा लगाउँदै गागा


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउड गायिका लेडी गागाले आफ्नो एक आलिशान घर भाडामा लगाउने भएकी छन् । उनले न्यूयोर्कमा रहेको आफ्नो पुरानो घरलाई भाडामा लगाउन लागेकी हुन् ।

नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार गागाले यो घर निकै महंगो मूल्यमा भाडामा लगाउन लागेकी हुन् । यो घरमा कुनै समय लेडी कहिले लोअर इस्ट साइडमा वन–बेडरुम–वन बाथरुम फ्ल्याटमा बस्थिइन् । अहिले उनी यही फ्ल्याट भाडामा दिने तयारीमा छिन् ।

लेडीको यो घरमा बस्नका लागि भाडावालले हरेक महिना २ हजार डलर तिनुपर्नेछ । यदी यो घर कसैले १३ महिनाका लागि लिजमा लिन्छन् भने उनीहरुका लागि दुई महिना भाडा छुट हुनेछ ।

यो घर न्यूयोर्कको १७६ स्टेन्टन स्ट्रीटमा छ । गागा यो घरमा तीन वर्ष बसेकी छन् । लेडीले आफ्नो सुपरहिट एलबम ‘द फेम’को तयारी यही घरमा गरेकी हुन् ।

लिस्टिङका अनुसार यो अपार्टमेन्ट युद्धभन्दा अघि नै बनाइएको थियो । यसको सिलिङ १० फूट उचाईमा छ । यो अर्पाटमेन्टमा कैयौं झ्याल छन् ।

अहिले यो घरको मालिक गागा नै हुन् । क्यालिफोर्नियाको हलिउड हिल्समा उनको एक घर छन् । अस्कर अवार्ड पाइसकेकी गागाको हलिउड हिल्सवाला घरको मूल्य ५ दशमलब २५ मिलियन डलर छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ३ : ०० बजे

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक