निशा अधिकारीको फिल्म ‘कुम्भ करण’ का २ पोस्टर, रिलिज मिति तय « Khabarhub

निशा अधिकारीको फिल्म ‘कुम्भ करण’ का २ पोस्टर, रिलिज मिति तय


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘कुम्भ करण’ निर्माण टिमले फिल्मका दुई पोस्टर सार्वजनिक गरेको छ । लामो समयदेखि प्रोडक्सनमै अल्झिएको यो फिल्मले पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति पनि तय गरेको हो ।

सार्वजनिक पोस्टरमा गौरव पहारी, अभय बराल, भोलाराज सापकोटा र निशा अधिकारीलाई देख्न सकिन्छ । निर्माण टिमले आउँदो जेठ १७ गते यो फिल्म रिलिज हुने बताएको छ ।

दीपक ओलीले निर्देशन गरेको यो फिल्ममा आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले, सद्भाव थापा, प्रतिभा क्षेत्री लगायतका कलाकारको समेत अभिनय देख्न सकिनेछ ।

आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो फिल्ममा चित्रबहादुर घर्ती मगर र क्षितिज बस्नेतको लगानी छ । चलचित्रलाई रोमान्टिक कमेडी भनिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १२ : ०८ बजे

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा