को हुन् सपना चौधरी, जो बारम्बार हुन्छिन् ‘भाइरल’ « Khabarhub

को हुन् सपना चौधरी, जो बारम्बार हुन्छिन् ‘भाइरल’


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्ना गीत र नृत्यका कारण भाइरल भएकी गायिका सपना चौधरी चर्चामा रहिरहन्छिन् । कहिले उनी आफ्नो नृत्यलाई लिएर सामाजिक सञ्जालमा चर्चामा रहन्छिन् भने कहिले उनी तस्वीरका कारण चर्चामा रहन्छिन् ।

सपना चौधरी हाल भने गौसेवाका कारण चर्चामा छिन् । तस्वीरमा उनी गाईको नजिक भुइँमा बसेको देख्न सकिन्छ । यी तस्वीरलाई गायिका चौधरीका फ्यानले रुचाएका छन् । चौधरीले पनि आफ्नो प्रतिक्रिया दिइरहेकी छिन् । सपना चौधरीले यी तस्वीर आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

पछिल्ला दिनमा सपना चौधरी राजनीतिक हलचललाई लिएर पनि चर्चामा रहने गर्छिन् । हालै दिल्लीमा भाजपा अध्यक्ष र उत्तर–पूर्वी दिल्लीका भाजपा प्रत्याशी मनोज तिवारीको नामांकन दर्ता गर्दा पनि सपना चौधरीलाई देखिएको थियो । सपना चौधरीले जमेर भाजपाको प्रचार गरेकी थिइन् ।

यसअघि सपना चौधरी कांग्रेस पार्टीमा पनि सामेल भएको खबर बाहिर आएको थियो । उनको प्रियंका गान्धीसँगको एक तस्वीर पनि भाइरल भएको थियो उनको । पछि उनले आफू कांग्रेसमा जान नलागेको बताएकी थिइन् ।

पछि मनोज तिवारीसँग पनि उनको तस्वीर सार्वजनिक भएको थियो । त्यतिखेर नै धेरैले उनी भाजपामा प्रवेश गरेको अड्कल काटेका थिए । त्यतिबेला पनि सपनाले आफू कुनै पार्टीमा नलागेको बताएकी थिइन् ।

स्टेजमा पनि सपना चौधरीले आफ्ना गीतबाट फ्यानलाई निकै नचाउन पोख्त छिन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  २ : ०२ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका