ट्राफिक प्रहरीको धन्दा: लाइसेन्स बनाउनेबाट घुस उठाउन दलाल परिचालन « Khabarhub

ट्राफिक प्रहरीको धन्दा: लाइसेन्स बनाउनेबाट घुस उठाउन दलाल परिचालन


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विर्तामोड– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने सेवाग्राहीबाट घुस रकम उठाउन ट्राफिक प्रहरीले नै दलाल परिचाल गर्ने गरेको खुलासा भएको छ ।

झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा लाइसेन्स बनाउन आउने सेवाग्राहीबाट घुस उठाउन ट्राफिक प्रहरीले नै बिचौलिया (दलाल) खटाउने गरेको फेला परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट ट्राफिक प्रहरीले घुस रकम उठाउनका लागि दलाल खटाउने गरेको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रुपैयाँ घुससहित यातायात व्यवस्था कार्यालय बिर्तामोडबाट बिचौलिया सराफ शेखलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । अख्तियारले गरेको छानबिनबाट पक्राउ परेका बिचौलिया शेख सेवाग्राहीबाट घुस उठाउनका ट्राफिक प्रहरीबाट खटाइएका भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक (असई) याम कुमार खड्काले शेखलाई घुस उठाउनका लागि परिचालन गरेका थिए ।

शेखले ३ पाङ्ग्रे अटोरिक्साको लाइसेन्स बनाउने एक सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस मागेका थिए । सेवाग्राहीको सूचनाका आधारमा अख्तियारले शेखलाई पक्राउ गरेको थियो ।

अख्तियारसँगको बयानका क्रममा शेखले आफूलाई असई खड्काले परिचालन गरेको स्वीकार गरेका छन् । शेखको बयानपछि अख्तियार असई खड्कामाथि पनि छानबिन गरेको थियो ।

छानबिनका क्रममा असई खड्काले घुस उठाउन शेखलाई परिचालन गरेको प्रमाण भेटिएपछि अख्तियारले दुवैजनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : २९ बजे

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक