श्रीलंका बम आक्रमणका प्रमुख योजनाकारका दाजुभाइ र बुवा पनि मारिए « Khabarhub

श्रीलंका बम आक्रमणका प्रमुख योजनाकारका दाजुभाइ र बुवा पनि मारिए


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकामा २ सय ५३ जनाको ज्यान जानेगरी भएको श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणका मुख्य योजनाकार मानिने इस्लामिक अतिवादी मोहम्मद जहरान हासिमका बुवा तथा दुई दाजुभाइ सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् ।

श्रीलंकाली अधिकारीका अनुसार सुरक्षाकर्मीले शुक्रबार उनीहरुको घरमा छापा मारेपछि भीडन्त हुँदा मोहम्मद जहरान हासिमका दाजुभाइहरु जइनी हासिम र रिलवान हासिम तथा उनका बुवा मोहम्मद हासिमको ज्यान गएको हो ।

शुक्रबार सुरक्षाकर्मीको कारवाहीमा १५ जनाको ज्यान गएकोमा मारिनेमा उनीहरु पनि रहेको जनाइएको छ । जहरान हासिमका बाबु तथा दाजुभाइहरु पनि इस्लामिक अतिवादी गतिविधिमा संलग्न रहेको र उनीहरुले पनि आफ्ना समर्थकलाई इसाई तथा अन्य गैर इस्लामिक निशानालाई लक्षित गरी आक्रमण गर्न आह्वान गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो साताको आइतबार इष्टर सन्डे मनाउन भेला भएका इसाईलाई लक्षित गरी राजधानी कोलम्बो, पूर्वी शहर बाटिकाओला र कोलम्बोबाट उत्तरमा रहेको नेगोम्बो शहरका गिर्जाघर र होटेललाई लक्षित गरी गराइएका बम आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ५ : १२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह