भागरथी हत्यामा संलग्न किशोरलाई बाल सुधारगृह पठाइयो | Khabarhub Khabarhub

भागरथी हत्यामा संलग्न किशोरलाई बाल सुधारगृह पठाइयो


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको छ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो । मंगलबार थुनछेक बहसपछि अदालतले डोटीस्थित बाल सुधारगृहमा पठाउन आदेश दिएको हो ।

गत माघ २१ गते विद्यालयबाट फर्कने क्रममा भट्ट्को हत्या गरेको अभियोगमा फागुन ४ गते गाउँकै ती किशोरलाई प्रहरीले पक्राउ गरेको थियो। उनले बयानका क्रममा आफूले पुरानो रिसइबीका कारण हत्या गरेको स्वीकार गरेका थिए।

बेपत्ता भएकी भट्टको माघ २२ गते घर नजिकैको जंगलमा शव फेला परेको थियो।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : ०० बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय