‘एभेन्जर्सः इन्ड गेम’ अन्तिम फिल्म हो ? यसो भन्छन् ‘थोर’ « Khabarhub

‘एभेन्जर्सः इन्ड गेम’ अन्तिम फिल्म हो ? यसो भन्छन् ‘थोर’


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिका – ‘एभेन्जर्सः इन्ड गेम’ मा थोरको भूमिका निभाउने चर्चित अभिनेता क्रिस हेम्सवर्थले ‘एभेन्जर्सः इन्ड गेम’ को कहानी सकिनेबारे आफ्नो धारणा राखेका छन् । संसारभर यो फिल्म एभेन्जर्स फ्रेन्चाइजको अन्तिम फिल्म हो भन्ने हल्ला फैलिएको छ । तर, क्रिस हेम्सवर्थको धारणा भने फरक छ ।

उनले यस सम्बन्धमा फिल्मको फ्रेन्चाइज अझै नसकिने बताएका छन् । भेराइटी डटकमसँगको एक कुराकानीमा क्रिस हेम्सवर्थले भने, ‘चाहे अहिले होस् या भविष्यमा, आउने समयमा अब के हुन्छ, मलाई यसको रिमेक बन्छ, सिक्वेल बन्छ या प्रिक्वेल बन्छ भन्ने कसैलाई थाहा छैन, तर बन्न सक्छ ।’

यो फिल्मले विश्वभर आफ्नो ध्यान तान्न सफल भएको छ । फिल्मले विश्वभर नै गज्जबको व्यापार गरेको छ ।

यो फिल्मलाई एन्थनी रुसो र जो रुसोले निर्देशन गरेका हुन् । फिल्ममा कैयन् सुपरहिरोहरु मुख्य भूमिकामा छन् । यी सबै हिरोहरु एक भएर थनोसका विरुद्ध युद्ध लड्छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १२ : १० बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका