सन् २०१६ ढाका आक्रमणमा संलग्न दुई संदिग्ध मारिए « Khabarhub

सन् २०१६ ढाका आक्रमणमा संलग्न दुई संदिग्ध मारिए


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बंगलादेश– सन् २०१६ मा बंगलादेशको राजधानी ढाकामा भएको बम आक्रमणमा संलग्न रहेकामध्ये दुई संदिग्ध सुरक्षाकर्मीको कारवाहीमा मारिएका छन् । सुरक्षाकर्मीको कारवाहीमा राजधानी ढाकाको मोहम्मदपुरमा रहेको एक घरमा लुकेर बसेको अवस्थामा दुई संदिग्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस स्थानमा जमात अल मुजाहिद्दिन बंगलादेशका लडाकु लुकेर बसेको गोप्य सूचनाका आधारमा छापा मारिएको र सोही कारवाहीमा उनीहरु मारिएका हुन् । प्रहरीले त्यस घरका मालिकलाई गिरफ्तार गरी सोधपुछ चलिरहेको जनाएको छ ।

सन् २०१६ मा ढाकाको एक क्याफेमा बन्दुकधारी पसेर मानिसहरुलाई बन्दी बनाइ गोली हानी अधिकांश विदेशी पर्यटकसहित २२ जनाको ज्यान गएको थियो ।

आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएपनि बंगलादेशी अधिकारीले भने आक्रमणमा जमात अल मुजाहिद्दिन बंगलादेशको हात रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ७ : १० बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको