दिशा पटानीको साडीको ‘डिजाइन’ ले मच्चायो बबाल ! | Khabarhub Khabarhub

दिशा पटानीको साडीको ‘डिजाइन’ ले मच्चायो बबाल !


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को गीतमा अभिनेत्री दिशा पटानी पहेँलो रंगको साडीमा नाच्दै गरेको देखिन्छ । उक्त गीतमा दिशाले लगाएको साडीलाई हेर्दै दर्शकले सोधेका छन् कि, साडी कहाँ छ ?

गीतमा दिशा र सलमान नाचिरहेको देख्न सकिन्छ । ‘स्लो मोसन’ बोलको यो गीतमा दिशालाई साडीलाई फरक तरिकाले बाँधिएको छ । यो गीतको भिडियोलाई युट्युबमा पनि करोडौँ पटक हेरिएको छ ।

साडीलाई लिएर फ्यानले विरोध गरेपछि साडीका डिजाइनरले साडी लगाउने कुनै परम्परागत तरिका या नियम नभएको बताएका छन् । किनकि यो गीतले कथाअनुसार नब्बेको दशक झल्काउँछ । कैयन् दर्शकलाई यो साडी नब्बेको दशकको स्टाइलको नभएको लागेको छ ।

कतिले साडीलाई लिएर जोक्स पनि बनाएका छन् । एक प्रयोगकर्ताले ट्वीटरमा भनेका छन्, ‘दिशाको साडीलाई त हेर, साडीले दिशालाई उसै गरी ढोकेको छ, जसरी मैले पूरै वर्ष पाठयक्रमलाई कभर गर्छु ।’

उनको साडीलाई लिएर कैयन् मिम्स पनि बनेका छन् । धेरैले भने मजाकमा उडाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ०७ बजे

संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले संघीयता

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै

काठमाडौं – अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोंगबुमा भेटियो चार करोड २५ लाख नगद र नौ किलो सुन

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट चार

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज