दरबन्दी मिलान गर्दा शिक्षक अपुग | Khabarhub Khabarhub

दरबन्दी मिलान गर्दा शिक्षक अपुग


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– दरबन्दी मिलानका कारण जिल्लाका विद्यालयमा शिक्षक अपुग भएको छ । जिल्लाभर २०२ शिक्षक रहेकामा ९६ सरुवा भएपछि १३६ मात्र रहँदा शिक्षकको अभाव देखिएको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालयका अनुसार विद्यार्थीको अनुपातमा बढी भएका जिल्लाबाट कम भएका जिल्लामा सरुवा गरेसँगै मनाङका केही विद्यालय शिक्षकविहीन अवस्था पुगेका हुन् ।

नेपाल सरकारले सबै बालबालिकालाई विद्यालयको पहुँच पुर्‍याउने लक्ष्य राखे पनि शिक्षक दरबन्दी कटौती हुँदा विद्यालयको पहुँचबाट टाढा हुने देखिएको छ ।

दुरगम जिल्ला भौगोलिक विकटता कारण बालबालिका घण्टौँ लगाएर विद्यालय पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । यहाँका शिक्षक स्थानीय तह र जनप्रतनिधिले केन्द्रमा पटकपटक पहल गर्दा पनि सुनाइ नभएपछि शिक्षकले समस्या समाधानको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइमा ज्ञापनपत्र बुझाएको छ ।

शिक्षक सरुवा गर्दा भौगोलिक विकटता पहिलो आधार मानी महिला शिक्षकलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

जिल्लाभर कूल २८ विद्यालयमा ६५१ विद्यार्थी रहेको समन्वय एकाइ मनाङको तथ्याङ्क छ । एकाइका अनुसार विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कटौती हुँदा कतै विद्यालय मात्र रहने र कतै शिक्षक मात्र हुने देखिन्छ ।

विद्यालय र विद्यार्थी सङ्ख्याका आधरमा दरबन्दी कटौती हुँदा समस्या भएको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार गाउँपालिकामा दुई माध्यमिक र नौवटा आधारभूत गरी ११ वटा विद्यालय छन् ।

दरबन्दी मिलानले आधारभूत तहका ४९ र माविको एक गरी ५० दरबन्दी काटिँदा ११ वटा विद्यालयमा नौ जनामात्र शिक्षक दरबन्दी कायम हुँदा समस्या भएको घलले बताए ।

शिक्षक दरबन्दी मिलानले सरुवा गर्दा सबैभन्दा बढी नासो गाउँपालिकाका विद्यायलयहरू मर्कामा परेका छन् । यता समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीका अनुसार विद्यालयमा प्राथमिक तहमा ५१ जनाभन्दा धेरै विद्यार्थी भएमात्र शिक्षक थप गर्न सकिने बताए ।

जिल्लाभर कुनै पनि विद्यालयमा यो मापदण्डा पुग्दैन यसरी गरिएको मापदण्डले नै समस्या आएको रेग्मीले बताए ।

हिमाली क्षेत्रका विद्यालयमा यो मापदण्ड कायम गरिनु हुँदैन । यहाँ त भौगोलिक आधारमा बालबालिकाको विद्यालयसँग दूरी राख्नु उचित हुने पनि उनको भनाइ छ । राज्यले अरू जिल्ला र हिमाली जिल्लालाई एकै नजरले होर्दा समस्या आउने शिक्षक सङ्घ मनाङका अध्यक्ष आनन्दराज घिमिरेले बताए ।

यसरी दरबन्दी मिलनले शिक्षकहरू सरुवा हुँदा स्थानीय तहले नयाँ शिक्षक भर्ना गर्नुपर्ने र स्थानीय तहको विकासका लागि आएको बजेट तलब भत्तामा सकिने शिक्षक कृष्णदास कोइराला भन्छन् । विद्यार्थी सङ्ख्याका आधारमा दरबन्दी मिलान गर्दा मनाङको शिक्षा क्षेत्रमा असर पर्ने देखिन्छ ।

कोरोनासँगसँगै बल्लतल्ल सञ्चालनमा आएका यहाँका विद्यालय शिक्षक सरुवाका कारण पठनपाठनमा समेत प्रभाव परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । कतै शिक्षक छैनन् कतै विद्यार्थी छैनन् ।

यसो त देशकै थोरै जनसङ्ख्या रहेको यस जिल्लामा सरकारको मापदण्डअनुसार विद्यार्थी सङ्ख्या पुग्न कठिन छ । विद्यालय र बालबालिकाको दूरीका हिसाबले काम गर्नु जरुरी रहेको शिक्षक चेकमान गुरुङले बताए ।

उनका अनुसार राज्यले सबै क्षेत्रमा सुगम र दुर्गमलाई छुट्टाछुट्टै मापदण्डा बनाउनुपर्ने उनको भनाइ छ ।

हाल यस जिल्लाका चारवटा गाउँपालिकामध्ये नार्पाभूमिबाहेक अरू तीन गाउँपालिकाका शिक्षक दरबन्दी काटिएको छ । ङिस्याङ गाउँपालिकाबाट २२, नासो गाउँपालिकाबाट ५२, चामे गाउँपालिकाबाट २२ गरी ९६ जना शिक्षक जिल्लाबाहिर सरुवा भएको छ ।

दरबन्दी मिलानकै कारण सरुवाका सूचीमा परेका शिक्षकहरूले तलबसमेत नपाएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ३ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर