रेशम चौधरीलाई भेट्न जेलमै पुगे एमाले सांसद महेश बस्नेत « Khabarhub

रेशम चौधरीलाई भेट्न जेलमै पुगे एमाले सांसद महेश बस्नेत


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सांसद महेश बस्नेतले निलम्बित सांसद रेशम चौधरीलाई जेलमै पुगेर भेट गरेका छन् ।

कैलालीबाट निर्वाचित जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई शुक्रबार बिहान डिल्लीबजार कारागार पुगी प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद बस्नेतले भेट गरेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जसपालाई सहभागी गराएर संसदमा बहुमत पुर्‍याई विश्वासको मत लिने प्रयास भइरहेका बेला बस्नेतले चौधरीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

‘जसपालाई सरकारमा सहभागी बनाउने पहलस्वरुप यो भेट भएको हो,’ बस्नेतनिकट स्रोतले बताएको छ ।

ओली र जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुबीच निरन्तर वार्ता जारी छ ।

जसपाले सरकारमा सहभागिताका लागि चौधरी लगायतका सो पार्टीका नेता कार्यकर्ताहरूको मुद्दा फिर्ता र रिहाइको शर्त राख्दै आएको छ ।

२०७२ सालमा कैलालीको टीकापुरमा एक एसपीसहित सात प्रहरी र एक बालकको हत्या भएको काण्डका चौधरी दोषी हुन् । जिल्ला अदालत र उच्च अदालतले चौधरीलाई मुख्य योजनाकारका रुपमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

जसपाभित्र अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली नेतृत्वको सरकारमा जान नहुने बताइरहेका बेला ठाकुर पक्ष भने बालुवाटारसँग निरन्तर वार्तामा रहेको छ ।

गृहमन्त्री रामबहादुर थापाले बिहीबार आन्दोलनरत् थारु समुदायहरुका प्रतिनिधिहरूकै बीचमा पुगी चौधरी लगायतलाई रिहा गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको बताएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ४ : ४० बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज