माओवादी छाडेका थापाले पाए एमाले गण्डकी सह–इन्चार्जको जिम्मेवारी « Khabarhub

माओवादी छाडेका थापाले पाए एमाले गण्डकी सह–इन्चार्जको जिम्मेवारी


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेको गण्डकी प्रदेश सह–इन्चार्जको जिम्मेवारी बागलुङका नेता लिलाबहादुर थापामगरले पाएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई स्वागत गरेका थिए ।

२०६३ सालमा राष्ट्रिय जनमोर्चामा रहेका थापा शान्ति प्रक्रियापछि तत्कालीन माओवादीमा लागेका थिए ।

एमाले ओली समूहकै नेता खगराज अधिकारीलाई हटाएर ओलीको कदमलाई साथ दिँदै माओवादी समूह छाडेका थापालाई प्रदेश सह–इन्चार्जको जिम्मेवारी दिइएको हो ।

यसअघि थापालाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका लागि सिफारिस गरिएको थियो ।

जनमोर्चाबाट राजनीति शुरू गरेका थापा २०५४ सालमा तत्कालीन जिल्ला विकास समिति बागलुङ सभापति समेत भएका थिए ।

थापामगरसहित कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलाई पनि सह–इन्चार्जको जिम्मा दिइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ५२ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ