नौ नयाँ सामग्रीमा नेपाल गुणस्तर निर्धारण, ९३३ वस्तुले नेपाल गुणस्तर चिह्न पाए « Khabarhub

नौ नयाँ सामग्रीमा नेपाल गुणस्तर निर्धारण, ९३३ वस्तुले नेपाल गुणस्तर चिह्न पाए


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले नौ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १००औँ बैठकले नौ सामग्रीमा नेपाल गुणस्तर निर्धारण गरेको हो ।

विभागले नेपाली हातेकागज, विद्युतीय सामग्री सुरक्षासम्बन्धी साधारण आवश्यकता, इन्डक्सन चुल्हो उपयोगितासम्बन्धी आवश्यकता, विद्युतीय हर्टप्लेट, प्रयोगशालासम्बन्धी मापदण्ड, हार्डकोल एण्ड कोकलगायतका सामग्रीमा गुणस्तर निर्धारण गरेको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं नेपाल गुणस्तर परिषद्का सदस्यसचिव विश्वबाबु पुडासैनीले गुणस्तर निर्धारणसँगै सामग्री प्रयोगमा सहज हुने जानकारी दिए। विभागले हालसम्म विभिन्न ९३३ वस्तुलाई नेपाल गुणस्तर निर्धारण तथा नेपाल गुणस्तर चिह्न प्रदान गरेको छ । विभागले गुणस्तर चिह्न प्रदान गरिएका वस्तु उत्पादन गर्दा गुणस्तरविपरीत उत्पादन गरे कारवाहीसमेत गर्ने गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ११ : १७ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि