इलामको पशुपतिनगरमा अध्यागमन कार्यालयको काम शुरु « Khabarhub

इलामको पशुपतिनगरमा अध्यागमन कार्यालयको काम शुरु


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


इलाम– निर्माण सम्पन्न भएको ६ महिनापछि इलामको पशुपतिनगर सीमा नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । यो नाकाबाट भित्रिने पर्यटकहरुको सहजताका लागि अध्यागमन कार्यालय सञ्चालनामा ल्याइएको हो ।

कार्यालयको केही दिन अगाडि मात्रै गृहमन्त्री रामबहादुर थापा (बादल)ले उद्घाटन गरेका थिए ।

‘सञ्चालनमा आएको कार्यालयबाट तेस्रो मुलुकका पर्यटकका लागि १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा दिइने व्यवस्था छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘सरकारले आउँदो सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने हुँदा यो कार्यालयको स्थापनाले यसमा सहयोग पुर्‍याउने छ ।’

कार्यालयमा १ अध्यागमन अधिकृत, २ नायब सुब्बा, २ वरिष्ठ अध्यागमन सहायक, १ सह–लेखापाल, १ अध्यागमन सहायक तथा २ जना कार्यालय सहयोगीको दरबन्दी छ ।  तर ताेकिएको दरबन्दीमध्ये आधा मात्र कर्मचारी कार्यालयमा कार्यरत छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  २ : ३६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा