शाहरुख, सलमान र प्रभासको फिल्म सुटिङमा रोक « Khabarhub

शाहरुख, सलमान र प्रभासको फिल्म सुटिङमा रोक


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोनाको दोस्रो लहरले भारत पुनः लकडाउनको अवस्थामा पुगेको छ । कोरोना महामारीको इपीसेन्टर बनेको महाराष्ट्रमा कोरोना सम्बन्धी अत्यावश्यक मार्गनिर्देशिकासँगै मिनी लकडाउन गरिएको छ ।

बलिउड हंगामामा प्रकाशित समाचारअनुसार स्थानीय सरकारको यो निर्णयले मनोरञ्जन जगतको गतिमा ब्रेक लागेको छ । यहाँ थिएटरलाई पहिले नै बन्द गर्न निर्देशन दिइएको थियो । अब फिल्म र टेलिभिजन शोको सुटिङमा पनि कैयौं किसिमको रोक लगाइएको छ ।

यो निर्णयले ठूला बजेटका फिल्मको काम पनि आधामै रोकिएको छ । जसमा शाहरुख खानको ‘पठान’, प्रभासको ‘आदिपुरुष’ र ‘सलमान खानको ‘टाइगर ३’ छन् ।

यी तिन कलाकारको फिल्मको मुम्बईस्थित फिल्म सिटी स्टुडियोमा सुटिङ भइरहेको थियो ।

महाराष्ट्रमा धारा १४४ लगाइएको छ । जस अनुसार अत्यावश्यक कामबाहेक सबै कुरामा प्रतिबन्ध लगाइएको छ । ‘पठान’, ‘आदिपुरुष’ र ‘टाइगर ३’ को सुटिङ १५ दिनका लागि रोकिएको छ ।

शाहरुखको ‘पठान’को केही सेड्युलको सुटिङ पुरा भइसकेको छ । सलमानको ‘टाइगर ३’ गत महिनाबाट छायांकन सुरु गरिएको छ । त्यस्तै प्रभासको ‘आदिपुरुष’को सुटिङ सुरुवाती अवस्थामा नै थियो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : २० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले