गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध आजै अविश्वास प्रस्तावको तयारी « Khabarhub

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध आजै अविश्वास प्रस्तावको तयारी



पोखरा– गण्डकी प्रदेश सरकारविरुद्ध आज अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै प्रमुख विपक्षी दल नेपाली कांग्रेस नयाँ गठबन्धनमा कस्सिएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले आज संसद सचिवालयमा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विष्णु लामिछानेले बताए । नेपाली कांग्रेसले आज विहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।

गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हरीबहादुर चुमान र कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले मन्त्री पदबाट राजीनामा दिए पनि जनमोर्चाको साथ पाएर गुरुङ नेतृत्वको सरकार टिकेको थियो ।

माओवादी केन्द्रले आफ्ना केन्द्र तथा प्रदेशका मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि मात्रै गण्डकी प्रदेशका दुई मन्त्रीले केहीअघि राजीनामा दिएका थिए । माओवादी मन्त्रीको राजीनामापछि मुख्यमन्त्री गुरुङले जनमोर्चालाई मन्त्री बनाउने तयारी पहल गरेका थिए ।

बुधबार मात्रै राजमोले मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा रहने निर्णय सार्वजनिक गरेलगत्तै कांग्रेसले आफ्ना सांसदहरुलाई पोखरा बोलाएको थियो ।

राजनीतिक समीकरण बदलिने सम्भावना बढेपछि माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राजमोका सांसदहरु पनि पोखरा केन्द्रित भएका छन् ।

मन्त्रालय भागबण्डामा छलफल

प्रदेश सरकारको समीकरण बदलिने सम्भानासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा मन्त्रालय भागबण्डाको विषयमा छलफल शुरु भएको छ ।

नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व पाएमा प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोखरेल) मुख्यमन्त्री बन्ने निश्चित छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारीसँगै कांग्रेसले मन्त्रालय भागबण्डाको छलफलमा रहेको सांसद लामिछानेले बताए ।

प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ । प्रदेशसभामा कांग्रेसको मात्रै १५ सदस्य छ ।

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि सांसद कुमार खड्कालाई वार्ता टोलीका संयोजक बनाएको थियो । खड्काकाअनुसार अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि आज सर्बदलीय बैठक बस्ने तयारी गरिएको छ ।

६० सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २७, माओवादी केन्द्रको १२ जना, राजमोका ३, जनता समाजवादी पार्टीका २ र एक जना स्वतन्त्र सांसद छन् ।

स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङ्गे) ले चुनावपछि नेकपा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ०५ बजे

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका

चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको

कुनै हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई