संयुक्त राष्ट्रसंघले राख्यो जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंककारीको सूचीमा « Khabarhub

संयुक्त राष्ट्रसंघले राख्यो जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंककारीको सूचीमा


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– पाकिस्तानमा रहेर कश्मीरमा सक्रिय आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले आतंककारीको सूचीमा राखेको छ ।

चीनले यसअघिको आफ्नो अडानलाई त्यागेर अजहरलाई अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा राख्न आनाकानी गर्दै आएकोमा हाल भने चीन पनि उनलाई अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा राख्न सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गत फेब्रुअरी महिनामा फ्रान्स, बेलायत र अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् अन्तर्गतको अल कायदा तथा इस्लामिक स्टेट नाकाबन्दी समितिमा मसुद अजहरलाई आतंककारीको सूचीमा राख्न गरेको प्रस्तावलाई चीनले अस्वीकार गरेको थियो ।

अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा परेपछि अब मसुद अजहरमाथि हतियार खरिदविक्री तथा यात्रामा प्रतिबन्ध लाग्नेछ भने उनको सम्पत्ति पनि रोक्का हुनेछ ।

मसुद अजहरको आतंकवादी संगठन जैश–ए–मोहम्मदले गत फेब्रुअरी महिनामा ५० भन्दा धेरै भारतीय अर्धसैनिक मारिनेगरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती बम आक्रमणको जिम्मा लिएको थियो । यो समूहको अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदासँग पनि साँठगाँठ रहेको बताइन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ८ : २६ बजे

‘निम्सदाइ’को आरोही दल हिमपहिरोमा पर्नुअघिको तस्बिर सार्वजनिक

काठमाडौं- विश्वका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को आरोही दल

इन्द्रले शेरधनलाई भने, ‘गठबन्धनमा समस्या नहोस्, एमालेको समस्यामा हामीलाई नजोड्नुस्’

काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चाबीच नेकपा संसदीय दलका नेता

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज